बारको आन्दोलन आजदेखि देशभरः आज सर्वोच्चका दुवै ढोकामा धर्ना दिदैँ

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेपाल बार एसोसिएशनले आजदेखि देशभर आन्दोलन गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै विरोध प्रर्दशन गरिरहेको बारले आन्दोलनलाई देशव्यापी बनाउने भएको हो ।

आजदेखि जिल्ला तथा इकाईहरु पनि आन्दोलनमा उत्रिने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन् । अस्ति शुक्रवार जबरालाई अदालत प्रवेशका लागि रोक्ने प्रयास गरे पनि उनी दोस्रो गेटबाट अदालत प्रवेश गरे थिए । बारले आज भने सर्वोच्चका दुवै ढोकामा धर्ना दिने तयारी गरेको छ ।

जबराको राजीनामा मागेर गएको १४ गतेदेखि बारले निरन्तर आन्दोलन गर्दै आएको छ । सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरु पनि आन्दोलनमा छन् ।

  • २८ कार्तिक २०७८, आईतवार ०८:४२ प्रकाशित