सन्दीपको मुद्धा हेर्न नभ्याइनेमा : अर्को पेशी २१ गते, भोलि पाकिस्तान जाँदै

केन्द्रभाग मिडिया

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको पेशी पनि स्थगित भएको छ । न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।

पेशीको सूचीमा पाँचौ नम्बरमा रहेको मुद्दालाई समय अभाव देखाउँदै न्यायाधीसले हेर्न नभ्याउनेमा राखेका हुन् । यसअघि पनि विभिन्न बहाना गरेर मुद्दाको फैसला पछि धकेलिँदै आएको छ ।

मुद्धा हेर्न नभ्याइनेमा राखिएपछि सन्दीप एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाने भएका छन् । आज अदालतमा सुनवाइ स्थगित भएसँगै उनको पाकिस्तान यात्रा तय भएको हो ।

अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ । एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ । अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले यी दुई म्याच खेल्न भ्याउनेछन् ।

  • १० भाद्र २०८०, आईतवार १६:३० प्रकाशित