भोलि बन्दी प्रत्यक्षीकरणलगायत कुनै पनि मुद्धा नहेर्ने बारको घोषणा

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

आन्दोलित नेपाल बार एशोसिएसनले भोली शुक्रबार सबै बन्दी प्रत्यक्षीकरण मुद्धाको इजलास पनि बहिष्कार गर्ने भएको छ ।

प्रहरीले आज सर्वोच्च परिसरमा आफुहरुले दिएको धर्नामा हस्तक्षेप गरेको भन्दै बारले भोलि सबै हाल हेदैँ आएको बन्दी प्रत्यक्षीकरण लगायतका सबै मुद्दाका इजलास बहिष्कार गर्ने भएको हो । बिहीबार सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा कम्तिमा ५ वकिल घाईते भएका छन्

कानुन व्यवसायीहरुले प्रहरी हस्तक्षेपका बाबजुद सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीशविरुद्ध चर्को नाराबाजी गरेका छन् । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पदच्यूत गर्नुपर्ने बताएका छन् ।

बार एशोसिएसनले पछिल्लो समय प्रधानन्यायाधीशको राजीनामा माग गर्दै निरन्तर आन्दोलन गर्दै आएको छ ।

  • २५ कार्तिक २०७८, बिहीबार १३:१० प्रकाशित