कमेडी च्याम्पियन २ का चर्चित कमेडियन बिक्की अग्रवालकी आमाको निधन

केन्द्रभाग मिडिया

काठमाडौं ।

चर्चित कमेडियन बिक्की अग्रवाललाई मातृशोक परेको छ ।

कमेडी च्याम्पियन २’ का फस्ट रनरअप समेत रहेका अग्रवालकी आमा दुर्गा मगरको हिजो मंगलबार काठमाडौंमा निधन भएको जनाइएको छ ।

कोठामा अचेत अवस्थामा भेटिएकी आमा दुर्गालाई बिक्कीले अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेको हो ।दुर्गा छोरा बिक्कीलाई काठमाडौंमा सेटल गराउनको लागि आएको बताइएको छ । ६० वर्षीया दुर्गा उच्च रक्तचाप र मधुमेहको बिरामी रहेको जनाइएको छ ।

घटनाबारे थाहा पाएपछि बिक्कीका बुबा र दाजु नेपाल आएर दुर्गाको शवलाई सिक्किम लगेका छन् । उनको सिक्किममा नै अन्तिम संस्कार हुने भएको छ ।

हिजो मंगलबार करिब ३ बजे विक्की मिटिङका लागि भन्दै आमालाई छाडेर कोठाबाट निस्किएकोमा बेलुकी ७ बजे कोठामा फर्किँदा उनकी आमा अचेत अवस्थामा फेला परेकी थिइन् ।

  • २४ कार्तिक २०७८, बुधबार ०९:२७ प्रकाशित