१२ वर्ष माथिकालाई लगाउन एक करोड फाइजर र मोर्डना खोप किन्दै सरकार

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले एक करोड कोभिड खोप किन्ने भएको छ । हिजोको मन्त्रिपरिषद बैठकले १२ वर्षदेखि माथिका व्यक्तिलाई लगाउन मिल्ने एक करोड खोप खरिद गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताए । उनले खोप खरिदका लागि मन्त्रिपरिषदबाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको जानकारी दिए ।

स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको बताए ।सरकारले आउँदो चैतभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य लिएको छ ।

  • २३ कार्तिक २०७८, मंगलवार ०९:०४ प्रकाशित