बालिका बलात्कार आरोपमा कार्गो संघका अध्यक्ष मनोज अधिकारी पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

बलात्कार आरोपमा कार्गो व्यवसायी तथा नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा)का अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन् ।

१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा अधिकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त मालीगाउँले जनाएको छ । अधिकारीलाई घटना भएको ८ पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार घटना कार्तिक ८ गते भएकोमा उनलाई कात्तिक १६ गते ठमेलबाट पक्राउ परेका हुन् ।आरोपित ४९ वर्षीय अधिकारीले रातोपुल स्थित एक रेष्टुरेन्टमा लगेर बलात्कार गरेको प्रहरीमा उजुरी परेको थियो ।उनीमाथि छानबिन तथा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • २२ कार्तिक २०७८, सोमबार १५:४९ प्रकाशित