सल्यानमा बस दूर्घना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुग्यो

केन्द्रभाग मिडिया

सल्यान ।

तिहार मनाएर फर्किनेहरु सबार रहेको बस दूर्घटना हुँदा सल्यानमा १२ जनाले ज्यान गुमाएका छन् । आइतबार भएको बस दूर्घटनामा १० महिला र २ पुरुषले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
सल्यानबाट यात्रु बोकेर दाङ तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा दूर्घटनाग्रस्त भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले दुर्घटनामा ज्यान गुमाउेनको संख्यामा १२ पुगेको बताए । ज्यान गुमाउनेमा एक÷एक जना बालक र बालिका रहेका उनले जानकारी दिए । उनका अनुसार केहीको घटनास्थल र केहीको उपचार गर्न ल्याउने क्रममा बाटोमै ज्यान गुमेको हो ।

थापाकाअनुसार २ जनाको सनाखत भएको छ । छत्रेश्वरी गाउँपालिका २ का तिलक वली र घोहरी उप महानगरपालिका नारायणपुरका इन्द्रा भण्डारी रहेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये १७ जनाको अवस्था गम्भीर र १० जना सामान्य अवस्थामा रहेका र उनीहरुको जिल्ला अस्पतालसहित सदरमुकाम खलंगाको स्वास्थ्य केन्द्रहरुमा उपचार भैरहेको र गम्भिर घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्जतर्फ हेलिकोप्टरमा लैजाने तयारी भएको डिएसपी थापाले बताए ।

बस सडकबाट २ सय मिटर तल खोलामा बसेको र स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरिरहेको छ । घटनास्थल सदरमुकाम खलंगाबाट १ घण्टाको दुरीमा छ ।

  • २१ कार्तिक २०७८, आईतवार १७:२८ प्रकाशित