चीनद्धारा नेपाललाई थप १६ लाख साइनोफार्म

केन्द्रभाग मिडिया

काठमाडौं ।

चीनले नेपाललाई १६ लाख डोज साइनोफार्म खोप हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा बुधबार चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेकी हुन्।

चीनबाट हालसम्म पटक(पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ भने कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ भने अरूआउने प्रक्रियामा रहेको स्वास्थ सचिव रोशन पोखरेलले जानकारी गराए ।

  • १७ कार्तिक २०७८, बुधबार १४:०२ प्रकाशित