एमाले पोखरा २० मा निर्वाचितले लिए सपथ

केन्द्रभाग मिडिया

पोखरा  ।

नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर २० का नव निर्वाचित कार्यसमितिको पद तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । हालै सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारी सहित सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन । निर्वाचन मण्डलको संयोजक मनवुजा बिकले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन ।

उक्त कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागीले नवनिर्वाचित पदाधिकारीहरुले आफ्नो आचरण र व्यवहारलाई ख्याल गरी पार्टीमा लगनशील भएर लाग्न आग्रह गरे । नेकपा एमालेका जनप्रतिनिधीहरुले राम्रो काम गरिरहेको र आगामी दिनमा पनि जनप्रतिनिधी संगै कार्यकर्ताहरु पनि जनताको सेवक बन्दै पार्टीलाई बलियो बनाउने तर्फ लाग्नुपर्नेमा जोड दिए ।

सो अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सीम गुरुङले आफ्नो पदको सपथ खादै गर्दा संगठनलाई मजवुद बनाएर अगाडि वढ्न नया कार्यसमितिलाई आग्रह गरे । पदको लागी भन्दापनि पदलाई जिम्मेवारीपूर्व लिएर काम गर्नुपर्ने उनको भनाइ रहेको थियो । त्यस्तै नवनिर्वाचित अध्यक्ष त्रिलोचन गौतमले अहिलेको अवस्थालाई मध्येनजर गर्दै पार्टीलाई अझ मजबुद बनाएर पार्टीले आगामी चुनावमा जित्ने गरी अगाडि वढ्ने प्रतिवद्धता ब्यक्त गरे । उक्त कार्यक्रमको सञ्चालन निर्वाचन मण्डलको सदस्य माधव पौडेलले गरेका थिए ।

हालै सम्पन्न वडा अधिवेशनले वडाको अध्यक्षमा त्रिलोचन गौतम, उपाध्यक्षमा उत्तम गुरुङ, सचिवमा प्रकाश गुरुङ, उपसचिवमा लिलाराज पौडेल र रविवहादुर लामिछाने लाई सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसैगरी सदस्यहरुमा मन बहादुर क्षेत्री, अप्सरा बिक, सुनिल आचार्य, रुपा नेपाली, नवराज बास्तोला, इश्वर सुवेदी, अन्जिता बास्तोला, चित्र बहादुर क्षेत्री, विष्णु प्रसाद पौडेल, गणेश पौडेल, कृष्ण बहादुर कार्की, कृष्ण प्रसाद बास्तोला, केशवराज सुवेदी, मीना पौडेल, देव कुमारी बास्तोला, गीता बास्तोला, भोजराज सुवेदी रहेका छनभने वडा कमिटीमा ५१ सदस्य रहने गरी बैठकले बांकी सदस्यहरु मनोनित गरिने वडा सचिव प्रकाश गुरुङले जानकारी दिए ।

  • १६ कार्तिक २०७८, मंगलवार २०:०८ प्रकाशित