कांग्रेसका युवा भित्र्याउँदै पूर्व मुख्यमन्त्री गुरुङले भने, ‘अब युवाले हस्तक्षेप गर्नुपर्छ’

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले पार्टीमा अब युवा पुस्ताले हस्तक्षेप गर्नुपर्ने बताएका छन् । एमालेको वडा र पालिका तहमा उत्साहजनक युवा नेतृत्वमा आएको प्रसंग कोट्याउँदै उनले अब बुढा पुस्ताले विश्राम लिनुपर्ने धारणा राखे । ‘बुढो गोरुले भकारो ओगटे जस्तो गरेर हुन्न, अब युवाहरु अगाडि बढ्नुपर्छ’ उनले भने ।

युवाहरु उद्यममा जोडिनुपर्नेमा उनले जोड दिएका छन् । सोमबार नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका युवाहरुलाई पार्टी प्रवेश गराउँदै उनले एमालेले मात्र युवाहरुको भावना बुझ्न सक्ने धारणा राखे । उक्त अवसरमा पोखरा २० आंटीघरका युवाहरु नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका थिए । नेपाली कांग्रेस वडा नम्बर २० का सभापति समेत रहेका तील बहादुर गुरुङको गाउका युवाहरु सरोज गुरुङ (मिक्की)को नेतृत्वमा एमाले प्रवेश गरेका हुन । सरोज सहित उक्त गाउका युवाहरु चोकेन्द्र गुुरुङ, नेत्रमान गुरुङ, प्रेम अधिकारी लगायतका युवाहरु एमाले प्रवेश गरेका हुन ।

विगत १५ वर्षदेखी हङकङमा रेष्टुरेन्ट व्यवशाय गर्दै आएका सरोज गुरुङले अगामी दिनमा नेपालमानै व्यवशाय गर्ने र नेपालमानै राजनीति गर्ने उद्देश्यले आफु नेकपा एमाले प्रवेश गरेको वताएका छन । नेपाली कांग्रेसमा आवद्ध गुरुङले एमाले प्रवेश गर्दै लामो समयदेखी नेपालको राजनीति नजिकबाट नियाल्दै आइरहेको र पछिल्लो समयमा नेकपा एमाले जस्तो पार्टी अरु नभएकाले आफु एमालेनै रोजेर अगाडि वढेको वताए ।

युवाहरु एमाले प्रति आकर्षित रहेको र आफुहरु जस्तो व्यवशायीहरुलाई समेत एमाले पार्टीले समाहित गरेर अगाडि वढेकाले आफुले अवको दिनमा नेकपा एमालेमा रहेर पार्टी र आफ्नो व्यवशाय समेत अगाडि वढाउने वताए । नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष सीम गुरुङको कामबाट प्रभावित भइ वडाको बिकासको निम्ति एउटै डुंगामा सवार गर्ने भन्दै एमाले प्रवेश गरेको समेत उनले वताए ।

गुरुङले आफुले लामो समय विदेशमा अर्काको काम गरेर भएतापनि त्यहीनै व्यवशाय सञ्चालन गरेको र हङकङमा समेत आफुले ३ वटा छुट्टा छुट्टै ठाउमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको र आफ्नै जन्मभुमिमा केही गर्नुपर्छ भन्ने अभिप्रायले पोखरा २० आंटीघर गाउमा स्वदेशी तथा विदेशी पाहुनाहरुलाई लक्षित गरी उडल्याण्ड रिसोर्ट सञ्चालनको तयारीमा रहेको र हाल उक्त काम तीव्र रुपमा अगाडि वढिरहेको समेत वताए ।

युवाहरु नेपालमा केही नदेखेर विदेश पलायन भएतापनि त्यहां वस्दा रहदा सिकेको सीपलाई नेपालमा फर्केर लगानी गर्न तर्फ ध्यान केन्द्रित गराउनका लागी आफुले ग्रामीण परिवेशमा पनि रिसोर्ट सञ्चालन गर्ने सोचले अगाडि वढेको गुरुङले वताए । गुरुङसंगै पोखराका एक दर्जन वढी युवा व्यवशायीहरु विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छन ।

नव प्रवेशीहरुलाई नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री  गुरुङ, युवा संघका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी, युवा संघका गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङ लगायतले अविर र माला लगाई एमालेमा स्वागत गराएका थिए ।

  • १५ कार्तिक २०७८, सोमबार १९:०३ प्रकाशित