पोखरामा ७० वर्षीय वृद्ध ट्वाईलेटमा मृत भेटिए

केन्द्रभाग मिडिया

Dead body in a mortuary

पोखरामा ७० वर्षीय वृद्ध मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पोखराले जनाएको छ ।

आज दिउँसो साढे ३ बजेको समयमा पोखरा ३० ढुंगेपाटनमा जनकपुर उपमहानगरपालिका १८ का शोगारथ मन्डल नाम गरेका वृद्ध मृत भेटिएको प्रहरीले जनाएको छ । उनी ढुंगेपाटनमा बन्दै गरेको त्रिभुवन शान्ती मा.वीमा मजदुरी गर्दै आएका थिए ।

उनी निर्माणाधीन विद्यालयमै कोठा बनाई बस्दै आएकोमा कोठा भन्दा १५ मिटर उत्तरतर्फ रहेको ट्वाइलेटमा मृत भेटिएका हुन् ।

  • १४ कार्तिक २०७८, आईतवार १६:४२ प्रकाशित