आजदेखि सर्वोच्चमा कालो पट्टि बाँधेर कानुन व्यवसायीको विरोध

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानन्यायाधीस विरुद्ध नेपाल बार एशोसिएसनले आज कालो पट्टि बाँधेर विरोध कार्यक्रम गर्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दैँ बारको नेतृत्वमा कानुन व्यवसायीहरुले सर्वोच्चमा धर्ना दिने भएका हुन् ।

बारको शुक्रबार बसेको बैठकले तिहार अघिको ४ दिन विभिन्न विरोध कार्यक्रम गर्ने निर्णयअनुसार आज धर्ना दिन लागेका हुन् । विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने नेपाल बार एशोसिएसनले जनाएको छ ।

यसैबीच कानुन व्यवसायीले धर्ना दिनलागेसँगैँ सर्वोच्च अदालत प्रवेशमा कडाइ गरिएको छ । कर्मचारीहरुलाई पनि गेटमा परिचय पत्र देखाएरमात्र प्रवेश गर्न दिइएको छ । सुरक्षाकर्मीहरुको गाडी सर्वोच्च भित्र र बाहिर तम्तयार अवस्थामा राखिएको छ ।

  • १४ कार्तिक २०७८, आईतवार १०:१८ प्रकाशित