प्रधानन्यायाधीशको पक्षमा उत्रे युवाः ‘हड्तालकारी न्यायाधीशलाई घिसारेर सडकमा लानैपर्छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरुले इललास बहिष्कार गरेपछि प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन भएको छ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशबीचको विवादलाई लिएर माइतीघरमा प्रदर्शन गरिएको भएको हो । न्यायालयको गरिमा धरापमा पर्ने गरी न्यायपालिकालाई विवादमा तानिएको भन्दै केही युवाहरूले सडकमा भेला भएर दबाब दिएका हुन् ।

इजलास बहिष्कार गरेका न्यायाधीशहरूलाई नियमित काममा फर्काउनुपर्ने उनीहरूको माग छ । उनीहरूले ‘हड्तालकारी न्यायाधीशलाई जनताले घिसारेर सडकमा लानैपर्छ’ भनेर मुख्य ब्यानर राखेका छन् ।

  • ११ कार्तिक २०७८, बिहीबार १४:१४ प्रकाशित