झण्डै ९ लाख नेपाली र २ लाख बढी भारती नक्कली नोट सहित एक प्रकाउ

केन्द्रभाग मिडिया

महोत्तरी ।

नक्कली नोटसहित फेरि एकजना पक्राउ परेका छन् । महोत्तरी जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई पक्राउ गरेको हो ।

यसअघि गत असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट प्रहरीले नक्कली नोटसहित ३ जनालाई नियन्त्रणमा लिएको थियो । आज पक्राउ परेका महतोको गौशालाबजारस्थित डेराबाट रू ८ लाख ९७ हजार ४३५ नेपाली र रू २ लाख ८० हजार ९२९ भारती नोट प्रहरीले बरामद गरेको छ ।

बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएको आशंकामा प्रहरीले महतोलाई नियन्त्रणमा लिई उनको डेरा खानतलासी गर्दा सो रकम फेला परेको गौशालास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । बरामद नोटमध्ये कति सक्कली र कति नक्कली हुन् भन्ने विज्ञबाट ठहर गराइने प्रहरी निरीक्षक विष्णुप्रदीप वस्यालले जानकारी दिए ।

  • ११ कार्तिक २०७८, बिहीबार १३:४६ प्रकाशित