‘ल्याण्डफिल साइट’ पस्मराङमा सार्ने पोखरा महानगरको निर्णय, स्थानिय विरोधमा

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाले ल्याण्डफिल साइट पस्मराङमा सर्ने भएको छ । महानगरको उत्तरपूर्वी क्षेत्र पस्मराङमा ल्याण्डफिल साईट सार्ने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।

कार्यपालिका बैठकले हाल पोखरा–१४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट पोखरा–१६ र २० को सिमानामा पर्ने पस्मराङमा सार्ने निर्णय गरेको प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । हाल पोखरा १४ मा रहेको ल्याण्डफिल साइट सार्न महानगरले विभिन्न स्थानमा जग्गा हेरेको थियो ।

पोखरा–१६ का अध्यक्ष जीवन आचार्यको संयोजकत्वमा ११ का अध्यक्ष मोहन बाँस्तोला र महानगरका प्राविधिक सम्मिलित अध्ययन समितिले महानगर भित्रका खालि जग्गा अध्यन पछि गरेको सिफारिसका आधारमा पस्मराङलाई उपयुक्त ठहर्‍याईएको महानगरले जनाएको छ। वडा १६ र २० को बिचमा पर्छ । जहाँ आसपासमा बस्ति छैन, केही भिरालो जमिन छ ।

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल संचालनमा आउनु पहिले पोखरा १४ मा रहेको ल्याण्डफिल साइट हटाउनु पर्ने भए पछि महानगरले अन्यन्त्र जग्गा व्यवस्थापन गरेको हो ।

विमानस्थलबाट कम्तिमा १० किलोमिटर साइट बनाउनुपर्ने नागरिक उड्डयन प्राधिकरणको माग अनुसार महानगरले विमानस्थल देखी करिब १७ किलोमिटर उत्तरपट्टी रहेको जग्गामा ल्याण्डफिल साइट स्थानन्नतरको तयारी गरेको हो । पोखरा २० का स्थानियले भने महागनरले समन्वय नगरि ल्याडयफिल साइट राख्न लागेको भन्दै विरोध गरेका छन् ।

२० नम्बर वडाका अध्यक्ष सिम गुरुङे ल्याण्डफिल साइट पस्मरङमा सर्ने महानगरको निर्णय एकलौटी भएको बताए । उनले स्थानियको विरोध रहेको बताए ।

  • ८ कार्तिक २०७८, सोमबार १३:३२ प्रकाशित