आजको मौसम पूर्वानुमान : अहिले घाम लागे पनि पानी पर्न सक्ने

केन्द्रभाग मिडिया

पोखरा ।

नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य आंशिक प्रभाव परिरहेको छ ।

यसका कारण गत हप्तादेखि हल्कादेखि मेघगर्जन सहितको वर्षा भईरहेको छ । अस्ति देखि भने मौसम पुरा नखुले पनि केहीछिन घाम लाग्ने र सामान्य वर्षा हुने भईरहेको छ । यस्तै आज पनि देशका धेरै ठाउँको मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज आंशिकदेखि सामान्य बद्ली रहने बताइएको छ ।

देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

केही ठाउँमा घाम लागे पनि आज पूरै मौसम सफा भने नहुने मौसमविद् मञ्जु बासीले जानकारी दिएकी छिन् । उनको अनुसार आज केहीबेर घाम लाग्ने र केहीबेर फेरि बादल लाग्ने हुन्छ । आज केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने पनि उनले बताएकी छिन्।

पानी परेका ठाउँमा मेघगर्जन र चट्याङ्ग पनि पर्ने मौसमविद् बासीले बताइन् । तर, आज ठूलो पानी भने नपर्ने मौसमविद्ले बताएका छन्

 

  • ८ कार्तिक २०७८, सोमबार ०८:३३ प्रकाशित