लेकसाइडबाट बालयौन दुराचारी क्यानडेली नागरिक नग्न अवस्थामा पक्राउ

केन्द्रभाग मिडिया

लेकसाइडबाट बालयौन दुराचारी क्यानडेली नागरिक नग्न अवस्थामा पक्राउ

पोखरा ।

पोखरामा एक क्यानडेली नागरिक आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् ।

बालयौन दुराचारको आरोपमा लेकसाइडको एक घरबाट क्यानडाका ४४ वर्षीय रोबर्ट किङक्ले पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनलाई कास्की प्रहरीले ३ बालकसहित आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो । दिउँसो साढे १ बजे उनलाई प्रहरीले नग्न अवस्थामा १४ वर्षका ३ बालकसँग रहेकै बेला पक्राउ गरेको हो । कास्की प्रहरीले रोबर्टमाथी अप्राकृतिक मैथुन र बालबालिका ऐन अन्तरगत मुद्दा चलाएको छ ।

  • ७ कार्तिक २०७८, आईतवार १६:२६ प्रकाशित