भोली आइपुग्ने एक लाख डोज फाइजर खोप क–कसले पाउनेछन् ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

एक लाख डोज खोप भोलि नेपाल आइपुग्ने भएको छ ।

अमेरिकी सरकारले दिएको एक लाख ६ सय २० डोज फाइजर खोप भोलि सोमवार नेपाल आइपुग्ने अमेरिकी दूतावासले जानकारी दिएको छ । भोलि आउने फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई लगाउने सरकारको तयारी छ ।

अमेरिकाको फाइजर र जर्मनीको बायो एन्ड टेक कम्पनीले यो खोप संयुक्त रूपमा निर्माण गरेका हुन् ।फाइजर खोप कोरोनाविरुद्ध नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोग भइसकेको छ ।

यसअघि अमेरिकाले जुलाई १२ मा १५ लाख ३४ हजार आठ सय ५० डोज जोन्सन एन्ड जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो ।

  • ७ कार्तिक २०७८, आईतवार १५:३७ प्रकाशित