अन्नपूर्णका सबै वडामा एमालेको अधिवेशन सम्पन्न (कुन वडामा कस्को नेतृत्व)

केन्द्रभाग मिडिया

 

पोखरा ।

नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिका कास्कीको सबै वडा कमिटी (११ वटै वडा) को अधिवेशन शनिबार सम्पन्न भएको छ ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न प्रथम वडा अधिवेशनले वडा नं १ मा छविलाल दाहाल, २मा नारायणप्रसाद भण्डारी, ३ मा महेश्वर पौडेल, ४ मा कृष्णबहादुर केसी र ५ मा लालबहादुर केसीको अध्यक्षतामा ३१–३१ सदस्यीय कमिटी चयन गरेको एमाले अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।

यस्तै वडा नम्वर ६ को अध्यक्षमा एकदेव देवकोटा, ७ कमा दुर्गाबहादुर क्षेत्री, ८ मा टंकराज सुवेदी, ९ मा पूर्ण राई, १० मा राजबहादुर गुरुङ र ११ मा गुञ्जमान् गुरुङको अध्यक्षतामा ३१–३१ सदस्यीय वडा कमिटी चयन गरेको हो ।

यसैविच आज देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन सम्पन्न भएको नेकपा एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

  • ६ कार्तिक २०७८, शनिबार २१:५६ प्रकाशित