११ संक्रमितको मृत्यु, ९३२ निको भए, थपिए ७०८ संक्रमित

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज शुक्रबारको अपडेट अनुसार नेपालमा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । देशभर गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ ।

यस्तै २४ घण्टामा ७०८ जनामा संक्रमण पुष्टि भएको छ । ७ हजार २५३ पीसीआर परीक्षणमा गर्दा ५७४ र एन्टिजेन विधिद्वारा गरिएको २ हजार १२३ परीक्षणबाट १३४ जना गरि ७०८ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ८ हजार ९६ पुगेको छ ।

२४ घण्टामा थप ९३२ जना सन्चो भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ८५ हजार ८१३ रहेको छ ।

हालसम्म देशभर ४३ लाख ५७ हजार ४७९ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २२३ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ११ हजार ३३७ रहेको छ । कोरोनाका बिरामीमध्ये २७९ जना आईसीयू र ९१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

  • ५ कार्तिक २०७८, शुक्रबार १६:५७ प्रकाशित