बाटोका खाल्डाखुल्डी नपुरेको भन्दै खानेपानी कार्यालयका प्रमुखलाई गोबर दलेर बजार परिक्रमा

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

जनमत पार्टीका  कार्यकता जनकपुरमा उग्ररुपमा प्रस्तुुत भएका छन् । ढलको खाल्डो नपुरेको भन्दै सिके राउतका कार्यकर्ताले खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवा क्षेत्रमा खनिएको ढलको खाल्डो नपुरेको भन्दै गोबर दलेर नगर परिक्रमा गराएका हुन् । लाठि बोकेका युवाले उनलाई जनकपुर बजार परिक्रमा गराएको थियो ।

लाठी भाटासहित सयौंको संख्यामा पिडारीचोकस्थित कार्यालय पुगेका जनमत पार्टीका नेता कार्यकर्ताले त्यहीँबाट कुशवाहाको कठालो समात्दै लछारपछार गरेर बन्धक बनाएको बताइएको छ ।

कुटपिटमा संलग्न १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • ४ कार्तिक २०७८, बिहीबार १६:३१ प्रकाशित