पर्वतको एक विद्यालयमा ४८ लाख रुपैयाँ आर्थिक अनियमितता: अभिभावकद्धारा तालाबन्दी

केन्द्रभाग मिडिया

पोखरा ।

पर्वतको एक विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै अभिभावकले तालाबन्दी गरेका छन् ।

पशुपति मा.वि राम्जामा आर्थिक अनिमियता भएको भन्दै अभिभावक र राजनितिक दलहरुले विद्यालयको प्रशासन र लेखा—शाखामा ताला लगाएका हुन् ।

विद्यालयमा भएको अनिमियताको छानविनको माग गर्न पठनपाठनलाई सुचारु राख्दै विद्यालयकोे प्रशांसन र लेखा-शाखामा ताला लगाएको अभिभावक नारान प्रसाद शर्माले जानकारी दिए ।

विद्यालयमा ४८ लाख बराबरको अनिमियता भएको आशंका गरिएको छ, पुरानो व्यवस्थापन समितिका अध्यक्ष रमेश गौतम र प्रध्यानाध्यापक सुर्य प्रसाद पौडलको मिलेमतोमा अनियमितता भएको हुन सक्ने अभिभावक श्याम कुमार क्षेत्रीले बताए ।

तत्कालिन जिल्ला विकास समितिले दिएको ५ लाख बराबरका जिन्सी सामांग्रीको विद्यालयमा उल्लेख नभएको, ४८ लाख रुपैंया बराबरको पर्खाल निमार्ण गर्दा स्कुललाई दिने भनिएको १४ प्रतिशत रकम विद्यालयको खातामा जम्मा नभएको र छात्रा वृद्धि वितरणमा अनिमियता गरिएको आरोप अभिभावकहरुले लगाएका छन् ।

विद्यालयका प्रह. सुर्य प्रसाद पौडेलले विद्यालयमा लगाएको आरोप सत्य नभएको बताएका छन् ।हाल विद्यालयमा ३०० जना भन्दा बढी विद्यार्थी र २० जना शिक्षक रहेका छन् ।

  • ४ कार्तिक २०७८, बिहीबार १५:५२ प्रकाशित