कास्कीमा २०.९३ प्रतिशत धानमा क्षति

केन्द्रभाग मिडिया

पोखरा ।

चार दिन परेको पानीले देशभरका किसानलाई रुवाएको छ । वर्षभरी दुख गरि मुरी भित्र्याउने बेला परेको बेमौसमी वर्षाले देभशरका धानबालीमा क्षति पुर्याएको छ । दशैंको टिकालगत्तै पाकेको धानबाली भित्र्याउन नपाउँदै लगातार परेको वर्षाले धान भिजेपछि किसानको मन चिसिएको छ ।

कास्की जिल्लामा दसैँ पछि परेको पानीका कारण २० दशमलव ९३ प्रतिशत धानमा क्षति पुगेको पोखरास्थित कृषि ज्ञानकेन्द्रका प्रमुख शालिकराम अधिकारीले जानकारी दिएका छन् ।

वर्षाका कारण रुपा गाउँपालिकाको ठूली बेँसी, माछापुच्छ्रे गाउँपालिकाको लाहाचोक, घाचोक, ल्वाङघलेललगायत स्थानको धानबालीमा क्षति पुगेको छ । त्यस्तै पोखरा महानगरपालिकाका बिरौटा, पामे, पटनेरी, गगनगौँडा, मालमूल, बेगनास, अर्मला, भरतपोखरीका खुर्वादी, आँगेटारी, अमटारी, कुलिङ, छहरा आदि स्थानमा वर्षाले क्षति पु¥याएको छ । मादी गाउँपालिकाको मकैखोलालगायत स्थानमा पनि वर्षाले क्षति पु¥याएको छ ।

वर्षाका कारण अन्नपूर्ण गाउँपालिकाका १, २, ३, ४ र ५ नं वडामा लगाइएको धान झारेको गाउँपालिका प्रमुख युवराज कुँवरले जानकारी दिए । पाकेको धान झर्नाका साथै बोटै लडेकाले किसानलाई मर्का परेको उनको भनाइ थियोे ।

यस पटकको पानीले चाँडो पाक्ने हाइब्रिड धानलाई बढी क्षति पु¥याएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिए । पामेलगायत स्थानमा पानीले क्षति पु¥याएको उल्लेख गर्दै उनले दसैँ अघिका दिनमा राम्रै घाम लागेका कारण पनि किसान झुक्किन पुगेको बताए ।

  • ४ कार्तिक २०७८, बिहीबार १३:४५ प्रकाशित