आज गण्डकीमा संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा आज कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

हिजो एकैदिन ५ संक्रमितको ज्यान गएकोमा आज भने गण्डकीमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या शुन्य रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ३९ संक्रमित थपिएका छन् ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको अनुसार संक्रमित हुनेमा म्याग्दीका २,पर्वतका १,लमजुङका १, तनहुँका २, कास्कीका २७, स्याङ्जाका ४ र नवलपरासीका २ जना रहेका छन् । यो सँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ८६ हजार ७७८ पुगेको छ ।

यस्तै प्रदेशमा पछिल्लो २४ घण्टामा ९५ जना निको भएका छन् । यो सँगै प्रदेशमा ८४ हजार ९८० जना निको भएका छन् ।हाल प्रदेशमा ४१० सक्रिय संक्रमित रहेकोमा ३९२ जना होमआइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा हालसम्म ३ लाख ४१ हजार ९९९ जनाको नमुना परीक्षण भएको छ ।

 

  • ३ कार्तिक २०७८, बुधबार १६:३९ प्रकाशित