नवलपुरमा बस दुर्घटना

केन्द्रभाग मिडिया

नवलपरासी ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस दुर्घटना भएको छ । दुर्घटनामा ४२ जना घाइते भएका छन् । नवलपरासीको त्रिवेणीबाट काठमाण्डौका लागि छुटेको लु १ ख ९४७६ नम्बरको दुर्घटनामा परेको हो ।

बस बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबासबिचको जङ्गलमा आफै अनियन्त्रित भएर बस पल्टिएको गिरीले बताए।

बस दुर्घटनामा घाइते भएका ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र ५ जनाको दुम्किबासमा उपचार भइरहेको छ ।

  • १ कार्तिक २०७८, सोमबार १२:४९ प्रकाशित