आज नेपाली फुुटबलको ऐतिहासिक फाइनल खेलः भारतसँग भिड्दै नेपाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

साफ च्याम्पियनसिपमा आज नेपाल र भारत उपाधिका लागि भिड्दै छन्।

नेपाल इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । त्यसैले पनि नेपाली फुटबलका लागि आज शनिबार विशेष रहनेछ।

खेल माल्दिभ्सको नेसनल स्टेडियममा आज नेपाली समय अनुसार राति ८ः ४५ मा सुरु हुनेछ । आज खेलमा भारतलाई हराउँछ भने त्यो आफ्नो फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलता सावित हुनेछ ।

सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालको प्रदर्शन कहिले पनि सेमिफाइनल भन्दा माथि हुन सकेको छैन् । अधिकांस समय यो प्रतियोगितामा नेपाल समूह चरणमै सीमित हुने गरेको छ ।

यसपल्ट भने नेपालले त्यो परम्परालाई ताडेर पहिलो पल्ट उपाधिको भिडन्तमा ओर्लिन लागेको छ । भारतका लागि भने आजको खेल लगातार आठौं फाइनल हुनेछ ।

  • ३० आश्विन २०७८, शनिबार १४:१८ प्रकाशित