सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

काठमाडौं।
एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन्। बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले नेकपा एमालेको तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका हुन्।

एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली, सांसदहरु रघुवीर महासेठ, जुलीकुमारी महतो, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पृथ्बीसुब्बा गुरुङलगायत नेता मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

उनको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् । समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।

  • १३ फाल्गुन २०७९, शनिबार १३:२७ प्रकाशित