काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा सात प्रदेशका सभापतिमध्ये पाँच वटाका सहभागी भएका छन् भने दुई प्रदेशका सभापति अनुपस्थित रहेका छन् ।
आइतबारबाट केन्द्रीय कार्यालय सानेपाम सुरु भएको बैठकमा प्रदेश सभापतिलाई आमन्त्रित सदस्यका रूपमा बोलाइएको छ ।
बैठकमा उपस्थित हुने प्रदेश सभापतिमा कोशीका उद्धव थापा, मधेशका कृष्ण यादव, बागमतीका इन्द्र बानियाँ, गण्डकीका शुक्रराज शर्मा र लुम्बिनीका अमरसिंह पुन छन् ।
कर्णालीका सभापति ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायर बैठकमा सहभागी नभएको एक केन्द्रीय सदस्यले जानकारी गराएका छन ।
हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ । बैठकमा छलफलका लागि आठ एजेण्डा तय गरिएको छ ।
पार्टीसँग सम्बन्धित छलफलका एजेण्डाहरूमा १५ औं महाधिवेशन तयारी, नियमावली र निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक र वितरण, महाधिवेशन तयारी समिति गठन, विधान मस्यौदा समिति गठन, प्रचार प्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापन लगायतका उपसमिति गठन र कार्यसम्पादन समितिका निर्णय अनुमोदन, सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुमोदन, जनसम्पर्क समिति भ्रातृ संस्थाहरूको विधान लगायत छन् ।












