पोखरा ।
नवरात्रको पाँचौ दिन आज भगवती दुर्गाको पाँचौ रुप स्कन्दमाताको पूजाआराधना गरिँदै छ । स्कन्दन कुमारकी माता भएकीले यिनको नाम स्कन्दन माता भएको पुराणमा उल्लेख छ ।
गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा छ मुख भएका स्कन्द कुमार छन् । स्कन्द माताको यो रुपलाई मातृरुप मानिन्छ ।
स्कन्द माताको पुजा आराधना गर्न आज विहानै देखि विभिन्न शक्ति पिठहरुमा भक्तजनहरुको घुइचो लागेको छ ।
स्कन्दमाताको वाहन सिंह हो । उनलाई भगवान शिवकी पत्नीका रुपमा लिइन्छ। कमलको आसनमा बसेकी हुनाले उनलाई पद्मासना देवी पनि भनिन्छ ।
हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।