केन्द्रभाग मिडिया

पोखरा ।
१० औँ संस्करणको नेपाल लिटरचेर फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ । पोखराको फेवा ताल किनारमा यही पुस ६ देखि ११ गतेसम्म हुने फेस्टिभल वारे शनिबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

शब्दशक्ति उत्सवको एक दशक नारा रहेको दशौँ संस्करणमा दिउँसो १ बजे फेवा ताल किनार बाराही घाटमा उद्याटन सत्र सुरु हुने छ ।

फेस्टिभलमा देशविदेशका करिब दुइ सय साहित्यकार, राजनीतिज्ञ, लेखक, पात्रकार, कलाकार लागायतका व्यक्तीहरुको उपस्थिति रहेने फेस्टिभलका निर्देशक निरज भारीले जानकारी दिए । फेस्टिभलमा ५५ वटा सेसन र फेस्टिभललाई रोचक बनाउन सांगीतिक साँझ र रोचक सामाग्रीलाई पनि समावेश गरिएको छ ।

फेस्टिभालका आकार्षकका रुपमा श्रीलङ्काका लेखक सेहान करुणतिलका आउने आयोजकले जनाएको छ । उनी सन् २०२० का बुकर पुरस्कारका विजेता हुन् ।

साथै लेखक एवम् पत्रकार अक्षय मुकुल, सह–प्रध्यापक एवम् लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्य लगायतका अन्तराष्ट्रिय व्क्तीहरु सहभागी हुने छन् ।

राजनीतिक तर्फ पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत सहभागी रहने फेस्टिभवलका सह–निर्देशक सुजता खत्रीले जानकारी दिइन् ।

साथै नेपाल राष्ट्रबैकका गभर्नर महाप्रसाद अधिकारी, डा. भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवम् लेखक बिजय कुमार, लेखक सम्राट उपाध्याय, लेखक बुद्धिसागर, सुबिन भटट्राई, संगीतकर्मी रञ्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका झुमा लिम्बु सहभागी हुने छन् । फेस्टिभवलको आयोजना बुकवर्म फाउन्डेसनले गरेको हो ।

  • २ पुष २०७९, शनिबार १७:३५ प्रकाशित