अझै पाँच दिन थुनामा रहने भए सिभिल ग्रुपका तामाङ

केन्द्रभाग मिडिया

काठमाडौं ।

निक्षेप ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ अझै पाँच दिन प्रहरी हिरासतमा रहने भएका छन । अध्यक्ष तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

पहिलो चरणको अनुसन्धानका लागि हिजो (मंगलबार)जिल्ला अदालत काठमाडौंले उनीहरूलाई पाँच दिन थुनामा राख्ने अनुमति दिएको हो।उनीहरु दशैंअघि छुट्ने सम्भवना निकै कम देखिएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।

सिभिल सहकारीको ७० करोड रकम निक्षेप ठगी गरेको आरोपमा उनीहरूमाथि अहिले ठगी मुद्दामा अनुसन्धान भइरहेको छ ।ब्युरोले दोस्रो चरणको अनुसन्धानका लागि पुनः अदालतको अनुमति लिने भएको छ ।

उनीहरूलाई संगठित रूपमा ठगी गरेको आरोप छ। १३७ जनाले जाहेरी दिइसकेको र अन्य मानिसहरू पनि जाहेरी दिन आइरहेको महतोले बताए।

ठगी मुद्दामा प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।प्रहरी अनुसन्धान नसकिने भएकाले तामाङसहितका प्रतिवादी दसैंअघि छुट्ने सम्भावना कम छ।

तामाङ सिभिल सहकारीका पूर्वअध्यक्ष हुन्।

  • २० आश्विन २०७८, बुधबार १६:५६ प्रकाशित