पोखरा ।
मंसिर २० देखि १३ औं संस्करणको नेशनल प्याब्सन खेलकुद महोत्सव हुने भएको छ । आयोजक नेशनल प्याब्सन कास्कीले शुक्रबार पत्रकार सम्मेलन गरि महोत्वस वारे जानकारी दिएको हो । महोत्सवका खेल भने १८ गतेदेखि नै पोखरा रंगशालामा सुरु हुने छन् ।
महोत्सवमा ४६ विधालयका ७ हजार विद्यार्थीले खेलकुद महोत्सवमा प्रतिस्पर्धा गर्ने एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।
इलोक्ट्रोनिक डिभाइसमा विद्यार्थी भुल्दा विद्यार्थीको बौद्धिक, शारीरिक पक्षमा ह्रास आएको कारण विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुद अपरीहार्य हरेको अधिकारीले बताए । हरेक १ वर्षको अन्तरमा एन प्याब्सन खेलकुद महोत्सव हुँदै आएकोमा कोराना महामारीका कारण गएको २०७५ सालपछि एन प्याब्सनको खेलकुद महोत्सव रोकिएको थियो ।
जुनियर र सिनियर दुइ विधामा खेलाडीले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने आयोजक समिति सदस्य राजु कायस्थयले जानकारी दिए । जुनियरतर्फ कक्षा १ देखि ७ सम्मका विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउनेछन् । सिनियरतर्फ १ देखि कक्षा १० सम्मका विद्यार्थीको सहभागिता रहनेछ । जुनियर छात्रतर्फ चार विधामा दौड, लङजम्प, हाइजम्प र सेभेन ए साइड फुटबल हुनेछ । जुनियर छात्रातर्फ फुटबल हुनेछैन् ।
सिनियर छात्रातर्फ ६ विधामा दौड, हाइजम्प, लङजम्प, ११ ए साइड फुटबल, बास्केटबल, टिटि र ब्याडमिन्टन खेल हुनेछ । सिनियर छात्रतर्फ फुटबल र बास्केटबल हुनेछैन् ।१ सय स्वर्ण र रजत पदक वितरण हुनेछ भने १५० कास्य पदकका लागि खेलाडीको भिडन्त हुनेछ ।















