त्रिविका सबै क्याम्पस मंसिर १ देखि बिदा

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले आफ मातहतका सबै क्याम्पसहरु मंसिर १ गतेबाट बिदा हुने सूचना दिएको छ ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिएको टियूले जनाएको छ ।त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै मंसिर १, २ र ५ गते बिदा हुने जनाएको छ ।

अधिकांश क्याम्पसरकार्यालयहरुमा निर्वाचनका लागि मतदान केन्द्र राखिएको र क्याम्पसरकार्यालयहरुका कर्मचारीहरु निर्वाचन कर्मचारीको रुपमा खटिएको कारण पठनपाठन तथा दैनिक काम कारबाहीमा असर पुग्ने भएकोले बिदा दिर्ने निर्णय गरेको जनाएको छ ।

  • २५ कार्तिक २०७९, शुक्रबार १६:४८ प्रकाशित