स्टेप बाई स्टेप मा.वि. मासवार पोखरामा कक्षा ९ र १० का विद्यार्थी बिच नेपाली वक्तृत्वकाला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा विद्यालयका सहप्राचार्य दिपक गिरीले वक्तृत्वकला व्यक्तित्व विकासको महत्वपूर्ण विषय भएको भन्दै सम्पूर्ण विद्यार्थीले यस्ता कार्यक्रममा भाग लिएर व्यक्तित्व विकास गर्ने हौसला दिनुभयो र साथै विद्यार्थी जीवनमा सिकेका वक्तृत्वकला जस्ता कुरा जीवनभर काम लाग्ने भएकाले भाग लिएर अगाडि बढ्न अनुरोध गरे।
प्रतियोगितामा रोश्नी पाठक प्रथम , सुदर्शन वराल दितीय, प्रकृती शर्मा तृतीय तथा प्राप्ती अधिकारी र अनमोल खडका सान्त्वना हुन सफल भएका थिए । विद्यालयका को–ओरडिनेटर सूर्यप्रसाद लम्साल र लक्ष्मण भण्डारीले मूल्याङ्कन गर्नुभएको कार्यक्रमको सञ्चालन विज्ञान विभाग प्रमुख युवराज लामिछानेले गर्नुभएको थियो ।