काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओली पतन भएर जाने दावी गरेका छन् । ओलीलाई हिटलरसँग तुलना गर्दै अध्यक्ष नेपालले उनी पनि पतन भएर जाने बताएका हुन् ।
सोमबार सत्तारुढ गठबन्धनले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय संयुक्त भेलामा बोल्दै उनले ओली र ओली नेतृत्वको गठबन्धनलाई प्रतिगमनकारी, देशघातीको संज्ञा दिँदै आफ्ना साझा उम्मेदवारलाई विजयी गराउनका लागि एकतावद्ध हुन सत्तारुढ गठबन्धनका नेताहरुलाई पुनः आग्रह समेत गरे ।













