पोखरामा विद्युतीय कार कम्पनी बिवाइडीको सोरुम सञ्चालन

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा विद्युतीय कार कम्पनी बिवाइडीको सुविधासम्पन्न सोरुम सञ्चालनमा आएको छ । सोरुम सञ्चालनसँगै एक साताअघि मात्र नेपाल प्रवेश गरेको बिवाइडीको एटो ३ कार पनि सार्वजनिक गरिएको छ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले बिवाईडीको सोरुम उद्घाटन गरेका हुन् । सोही अवसरमा मन्त्री खड्कासहित नेपाल अटोमोबाइल्स डिलर एशोसिएसनका अध्यक्ष ध्रुव थापा, नेपालका लागि बिवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बिवाइडीको एटो ३ लाई पोखरेली अटोपारखी माझ सार्वजनिक गरे ।

  • ७ कार्तिक २०७९, सोमबार १४:४३ प्रकाशित