डेंगु अपडेट : देशभर थपिए १७ सय बढी संक्रमित, थप १ को ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

कोरोना संक्रमण साम्य हुदैं गइरहेको बेला डेंगु संक्रमण तीव्र फैलिरहेको छ ।

देशभर थप १ हजार ७१४ जना डेंगु  संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु संक्रमित रहेको पाइएको छ ।

त्यस्तै, थप १ जना डेंगु संक्रमितको पनि मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । २०७९ साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।

  • १ कार्तिक २०७९, मंगलवार १६:०३ प्रकाशित