शैक्षिक कार्यक्रममार्फत विद्यार्थी आर्कषित गर्दै केयू

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं विश्वविद्यालयले स्कुल अफ साइन्सबाट इन्टरमिडियट अफ साइन्सको शैक्षिक कार्यक्रम सुरु गरेकोमा हाल ७ वटा स्कुलहरू (संकाय) मा सो कार्यक्रम सञ्चालन गरेको छ ।

शैक्षिक कार्यक्रम सञ्चालन हुनेमा स्कुल अफ साइन्स, स्कुल अफ म्यानेजमेन्ट, स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ मेडिकल साइन्सेज, स्कुल अफ एजुकेसन, स्कुल अफ आर्टस र स्कुल अफ ल रहेको छ । सो स्कुलहरुमा विज्ञान, व्यवस्थापन, इन्जिनियरिङ, स्वास्थ्य, शिक्षा, कला र कानुन गरी २०० भन्दा बढि विषयमा शैक्षिक कार्यक्रम सञ्चालन भएको हो ।

उक्त शैक्षिक कार्यक्रमले ब्याच्लर इन एग्रीकल्चर साइन्स, ब्याच्लर इन आर्टिफिसियल इन्जिनियरिङ्ग,मास्र्टस इन अर्बान स्टडिज, मास्र्टस इन मिडिया स्टडिज, मास्र्टस इन फाइन आर्टस, ब्याचलर अफ एजुेशन इज इन टेक्निकल लगायतका नयाँ कार्यक्रम थपेर विद्यार्थीका लागि नयाँ आकर्षण थपेको छ । केयूमा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय विद्यार्थीहरुको पनि आर्कषण बढ्न थालेको छ ।

केयुले २७ वटा दिक्षान्त कार्यक्रम मार्फत ३८३३९ विधार्थि दिक्षित गरिसकेको छ जसमा झण्डै १३ प्रतिशत विद्यार्थी विदेशी रहेका छन् । हालसम्म दक्षिण एशियाका देशहरु वाहेक अमेरिका, क्यानाडा, बेलायत, जर्मनी, नर्बे, रसिया सहित ५१ देशका विद्यार्थी यस विश्वविधालयवाट दिक्षित भएका छन् ।

विदेशी विद्यार्थी मध्ये जाम्बिया, दक्षिण अफ्रिकाका दर्जन बढी विधार्थीले काठमाण्डौ विश्वविधालयमा उच्च शिक्षा पढिरहेका छन्।

  • ३० भाद्र २०७९, बिहीबार १६:५६ प्रकाशित