भीम रावल भन्छन् : नवौँ महाधिवेशनबाट उपाध्यक्ष भए दशौँमा अध्यक्ष बन्न योग्य छु

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा (एमाले) का उपाध्यक्ष डा। भीमबहादुर रावलले आफू दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेद्धवारी दिने वा नदिने भन्ने कुरा अहिले नै बोल्नु गलत हुने बताएका छन् । उनले अहिले जारी विधान महाधिवेशनमा संगठनको बारेमा मात्रै छलफल भएको तर नेतृत्वको बारेमा कुनै छलफल नभएको जिकिर गरेका छन् ।

उनले दशौँ महाधिवेशनको लागि अहिले केही पनि तयारी नगरेको बताए । रावलले आफु अध्यक्ष उठ्नको लागि योग्य रहेको दावी गरे । उनले भने अध्यक्ष बन्न योग्य कैयौँ नेता स्थायी कमिटी र केन्द्रीय कमिटीमा हुनुन्छ, उहाँहरु पनि अध्यक्षको उम्मेदवार बन्न सक्नुहुन्छ ।

अहिले मेरो के चिन्ता छ भने, हाम्रो देश भारत र चीनको बीचमा छ, अति संवेदनशील भूराजनीतिक अवस्थामा छ । हाम्रो राज्य प्रणाली, अर्थतन्त्र, सिमाना, हाम्रो भित्रको सुरक्षा प्रणाली जसरी संकटग्रस्त बन्दै गैरहेको छ, यसप्रति चिन्ता छ ।

यो स्थितिलाई परिवर्तन ल्याउनको लगि हाम्रो संसद् संवेदनशील हुनुपर्ने हो ।’ उनले आफू अहिले पनि ओलीको अन्धभक्त नभएको र हिजो पनि अन्धआलोचक नभएको स्पष्ट पारेका छन् । उनले आफूले पूर्वाग्रही भएर भूमिका निर्वाह नगरेको पनि जिकिर गरे ।

  • १६ आश्विन २०७८, शनिबार १४:३५ प्रकाशित