यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

आज देशका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राती प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा अन्य प्रदेशका एक-दुई स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

  • २ भाद्र २०७९, बिहीबार ०९:३७ प्रकाशित