काठमाडौं ।
निहारिका प्रकरणमा आगामी भदौं ८ गते डीएनए टेस्टको आदेश आउने भएको छ ।
न्यायको माग गर्दै संघर्षरत निहारिका राजपुतले आफ्नो बच्चा र आरोपी शिवराज श्रेष्ठकोको डीएनए टेस्टको माग गरेकी छिन् । सोही माग गर्दै उनी १३ दिनदेखि आमरण अनशनमा बसेकी छिन् ।
उनलाई अनशन तोडाउन कानूनमन्त्री गोविन्द बन्दीले निर्णायक प्रयास थालेका छन् । डीएनए परीक्षण ८ गते गरेर दुई साताभित्र त्यसको रिपोर्ट आउने भन्दै मन्त्री बन्दीले निहारिकालाई अनशन तोड्न आग्रह गरेका छन् ।
निहारिकाले भने डीएनए परीक्षणका लागि आरोपी र बच्चाको दुवैको ब्लड स्याम्पल आफ्नो उपस्थितिमा लिइनुपर्ने माग गरेकी छिन् । यदि डीएनए म्याचिङ भएको खण्डमा आरोपीलाई सजाय हुनुपर्ने र नभएमा आफूलाई सजाय हुनुपर्नेसमेत उनले बताएकी छन् ।
जिल्ला अदालत धनुषाले सफाइ दिएका आरोपी शिवराज श्रेष्ठ हिजो पक्राउ परेका छन् ।
कानूनमन्त्री बन्दीले आज पनि निहारिकालाई भेट्दैछन् ।














