पोखरा ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिरको दर्शन गरेकी छन् । सोमबार पोखरा आइपुगेकी राष्ट्रपतीले आज बिहान ९ बजे विन्ध्यवासिनी मन्दिर दर्शनका लागि पुगेकी थिइन् । मूल मन्दिर विन्ध्यवासिनी माता, शिव, गणेशको दर्शको साथै पुजा अर्चना गरिन् ।
राष्ट्रपति विन्ध्यवासिनी माताको पुजामा सहभागी हुदाँ केही समय भक्तजनलाई पुजामा रोक लागाइएको थियो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लगायत पदाधिकारीले राष्ट्रपतिलाई मन्दिरमा स्वागत गरेका थिए ।
राष्ट्रपति पोखरामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने तय भएको छ । ११ बजे विन्ध्यवासिनी मावीको हिरक जयन्ती समारोहमा सहभागी पछि राष्ट्रपति गुरुङहरुको ट्होटे पर्वमा सहभागी हुने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारी आज नै काठमाडौँ फर्कने उनको सचिवालयले जनाएको छ ।














