काठमाडौं।
संसदीय छानबिन समितिले बोलाएपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बिहीबार बिहान समितिसमक्ष बयान दिएका छन् । अर्थ मन्त्रालयले तयारी गरेको बजेटको अन्तिम चरणमा अनधिकृत व्यक्तिको प्रवेश गरेर बजेट हेरफेर गरेको आरोप लागेपछि उनी माथि छानबिन सुरु भएको छ ।
समितिलाई बयन दिने क्रममा शर्माले अनधिकृत व्यक्तिको प्रवेश अर्थ मन्त्रालयमा नभएको जिकिर गरेका छन् । चौतर्फी विरोधपछि अर्थमन्त्री शर्माले राजिनामा दिएका थिए । सिसीटिभीको फुटेज डिलिट भएको पाइएपछि डिलिट भएका फुटेजलाई रिकभर गरेर हेर्न समय लाग्ने भन्दै समितिले थप एक साता समय माग गरेको थियो । समितिले विभिन्न चरणमा थप छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ ।














