कांग्रेस महाधिवेशन : मतपत्र जलाइएको राइनासमा कहिले हुन्छ निर्वाचन ?

केन्द्रभाग मिडिया

लमजुङ ।

नेपाली काँग्रेस लमजुङको राइनास नगरपालिका अधिवेशनमा मतपत्रमा त्रुटि भेटिएपछि स्थगित भएको निर्वाचन अनिश्चित भएको छ । ​नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत गर्ने ठाउँ नै नराखेपछि मतदान स्थगित भएको थियो ।


उक्त मतपत्र पौडेल पक्षीय कार्यकर्ताले मतपत्र समेत जलाइदिएका छन् । योजनाबद्धरुपमा मतपत्र र सिरियल नम्बरमा गडबड गरेपछि निर्वाचन स्थगित गरिएको हो ।

मतपत्रमा मतदान गर्ने कोलम नै नराखि आफुलाई हराउने योजनाबद्ध षड्यन्त्र रचियो उभापतिका उम्मेदवार श्रीकृष्ण पौडेलले बताए । उनले भने, ‘ जित सुनिश्चित थियो, कसरी हराउने भनेर योजनाबद्ध षड्यन्त्र रचियो।’

निर्वाचन अधिकृत दिनेश चिलुवालले मतपत्रमा त्रुटि भेटेपछि दुवै पक्षका प्रतिनिधिसँग छलफल गरेर सहमतिमा निर्वाचन प्रक्रिया रोकिएको बताए ।

अर्को सूचना जारी नभएसम्म अनिश्चितकालका लागि मतदान प्रक्रिया स्थगित गरिएको चिलुवालको भनाइ छ ।

नगरको सभापतिका लागि श्रीकृष्ण पौडेल र नुरराज कडरिया चुनावी मैदानमा उत्रिएका थिए । अब सर्वपक्षीय सहमति गरेर अर्को निर्वाचित मिति तोकिने चिलुवालले बताए ।

  • १० आश्विन २०७८, आईतवार १३:१६ प्रकाशित