एमाले केन्द्रीय कमिटी बैठक : आजै विधान महाविधेशनको प्रस्ताव पारित गर्ने तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष केपी शर्माले ओली जवाफ दिने भएका छन् ।

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अस्ति शुक्रवारदेखि सुरु भएको बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठानिक र विधान मस्यौदा प्रतिवेदनमाथि समूहगत रुपमा आएका धारणाको ओली लगायतका अन्य नेताले जवाफ दिने भएका हुन् ।

राजनीतिक प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओली, साङ्गठानिक प्रतिवेदनमा महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्तावमा उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिने बताइएको छ ।

जवाफ पछि आज विधान महाधिवेशनका प्रस्ताव पारित गर्ने तयारी छ ।प्रतिवेदन पारितपछि आउँदो १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा पेस हुनेछन् ।

  • १० आश्विन २०७८, आईतवार ०९:२७ प्रकाशित