पोखरा ।
शनिबारदेखि पोखरा महानगरपालिका २५ हेम्जामा हुने छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
हेमम्जा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगिता’ का लागि आवश्यक तयारी पुरा भएको क्लबका अध्यक्ष इन्द्र कुवरँले जानकारी दिए । उनका अनुसार अब मैदानमा लाइन बनाउने र स्टेज सजावटको मात्रै काम बाकिँ रहेको छ । त्यो बाहेक प्रतियोगिताका अन्य तयारी सकिएको छ ।
१ विदेशी सहित ८ टिम सहभागि हुने प्रतियोगितामा भोलिसम्म सबै क्लब पोखरा आइपुग्ने छ । पहिलो पटक गोल्डकपको रुपमा आयोजना गर्न लागिएको प्रतियोगिता सहारा क्लब पोखराले आयोजना गर्दै आइरहेको आहा ! रारा गोल्डकपबाट प्रेरणा मिलेको बताए ।
उनले पोखरामा एक मात्रै आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता हुदैँ आइरहेको अवस्थामा पोखराबाट ग्रामिण भेगमा समेत गोल्डकप गर्न सकिने भन्ने सन्देश दिनका लागि प्रतियोगिताको आयोजना गर्न लागेको उनले बताए । ‘पोखरामा एक मात्रै गोल्डकप हुदैँ आइरहेको थियो अब हामीले पनि संचालन गर्ने तयारी गरेका हौँ’ उनले भने, ‘आहा! रारा गोल्वडकपकै प्रेरणले हामीलाई उर्जा थपेको हो । पोखरालाई खेलकुदको राजधानी बताइरहँदा यस्ता प्रतियोगिताले थप टेवा पुग्ने हामीले विश्वास लिएका छौं । ’
उनले प्रतियोगितामा ए डिभिजन क्लबका साथै मोफसलमा हुने गोल्डकप फुटबल प्रतियोगिताका विजेता क्लबहरुलाई समेत आमन्त्रण गरेको सुनाए । ‘हामीले सबै ए डिभिजन क्लबलाई आमन्त्रण गरेका छैनौं । मोफसलमा गोल्डकप जितेका टिमहरुलाई समेत आमन्त्रण गरेका छौं ताकि उनीहरुको हौसला बढोस् र हाम्रा खेलाडीको पनि ।’
स्थित गौरीशंकर खेल मैदानमा हुने प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहने भएको कुवरँले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् ।
सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेनडर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०÷२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हेम्जामा क्लबले फुटबल एकेडेमी संचालनार्थ आयोजना गर्न लागेको प्रतियोगिता असार ४ गतेदेखी ११ गतेसम्म संचालन हुनेछ ।