काठमाडौं ।
नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नयाँ खेलाडीलाई राख्दै प्रशिक्षण सुरु गरेका छन्
एएफसी एसियन कप छनोटअन्तर्गत नेपाली टोलीले दशरथ रंगशालामा तयारी गरिरहेको छ । खेलाडी र प्रशिक्षकबीच विवाद हुदाँ १० खेलाडीले क्याम्प छाडेर जाँदा अल्मुताइरीले १४ नयाँ खेलाडी राख्दै प्रशिक्षण सुरु गरेका हुन् । होस्टेलबाट आफुहरुलाई होटलमा राख्न खेलाडीले माग राख्दा विवाद भएको बताइएको छ ।
छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट अघि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपाली टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । दोहामा हुने मैत्रीपूर्ण खेल जेठ ११ र १५ गते हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।