एमालेको अवरोधबीच संसदमा एमसीसीबारे सुरु भयो छलफल

केन्द्रभाग मिडिया

फाइल फोटो

काठमाडौं ।

अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा छलफल सुरु भएको छ । आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेसनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् ।

प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले भने वेलमा नाराबाजी गरिरहेका छन् ।प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदले अवरोध गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले ‘माननीय सदस्यहरु ! प्रतिनिधिसभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ’ भन्नासाथ एमाले सांसदहरु आफ्नो आसनबाट उठेर बेल घेराउ गर्न पुगेका छन् ।

  • १५ फाल्गुन २०७८, आईतवार १५:१८ प्रकाशित