काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण खुमलटार पुगेका छन् । भोलि बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसीलाई पारित गर्ने गृहकार्यमा सरकार जुटिरहेको बेला कांग्रेस नेतासमेत रहेका मन्त्री खाँण प्रचण्डलाई भेट्न खुमलटार पुग्नुलाई चासोका साथ हेरिएको छ । भेटमा एमससीसी परियोजना लगायतका विषयमा छलफल भएको स्रोतले बताउँछ ।
एमसीसी संशोधन बिनै पास हुन नहुने अडान प्रचण्डले नछोडे पछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग हिमचिम बढाउन थालेका छन् । एमालेले गठबन्धन तोडे आफुहरुले साथ दिने बताउँदैँ आएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पास गर्ने प्रयासमा हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । त्यही छलफलबारे प्रचण्डलाई जानकारी गराउन प्रधानमन्त्रीले गृहमन्त्रीलाई पठाएको आँकलन गरिएको छ।