धरानको जंगलमा जेब्रा झोला भित्र भेटिएको शवको सनाखत

केन्द्रभाग मिडिया

काठमाडौं ।

यहि फागुन ५ गते सुनसरीको धरानस्थित एक जंगलमा जेब्रा झोलाभित्र भेटिएको शवको सनाखत भएको छ।

उक्त शव झापाको दमक नगरपालिका–५ का दिनेश सिग्देलको भएको इलाका प्रहरी कार्यालय, धरानले जनाएको छ ।उनको पारिवारिक समस्याका कारण हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ ।

प्रहरीका अनुसार सिग्देल बहराइनबाट २० पुसमा नेपाल फर्किएका थिए । काठमाडौंबाट उनी सिधै विराटनगरस्थित कान्छी श्रीमतीकहाँ गएको प्रहरीले बताएको ।

गत साता धरान(भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र टाउको र त्यसको भोलिपल्ट त्यही ठाउँमा शरीर भेटिएको थियो । प्रहरीले अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान जारी छ ।

  • १० फाल्गुन २०७८, मंगलवार १३:०७ प्रकाशित